भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

तनहुँ क्षेत्र नम्बर १ मा भारी मतले स्वर्णिम वाग्ले विजयी

तनहुँ क्षेत्र नम्बर १ मा भारी मतले स्वर्णिम वाग्ले विजयी

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ९ सय १८ पाउँदा भट्टराईले २० हजार १ सय २२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७ सय ९६ मत बढी ल्याएका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४ सय ८८ मतमा खुम्चिदै तेस्रो भए ।

राप्रपाकी शोभा गुरुङले २ सय १८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १ सय ६६ मत पाएका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३ सय १६ मत खसेकोमा ६४ हजार १ सय ३५ मत सदर भएको थियो ।

१ लाख २३ हजार ३ सय ५ मतदाता थिए । तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.