भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बाराही हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

बाराही हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन हो । मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ ।

बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । त्यसपछि बाँकी रहनेमध्ये २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

 


Thali Mobile Pvt.Ltd.