बालकोटमा एमालेको बैठक जारी, उम्मेदवार टुंग्याउन सकस

बालकोटमा एमालेको बैठक जारी, उम्मेदवार टुंग्याउन सकस

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छ ।

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि भोलि र पर्सि मनोनयनको समय तोकिएको छ । त्यसैले महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमालेको बैठक बसेको हो ।

आकांक्षीहरु धेरै भएपछि महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन केन्द्रीय समितिलाई जिम्मा लगाएको छ । अहिले सम्म पनि छलफल जारी रहेको एक नेताले बताए ।

 


Thali Mobile Pvt.Ltd.