भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बालन डी अर ड्रिम टिम घोषणा

बालन डी अर ड्रिम टिम घोषणा

काठमाडौं । ग्लोबल अनलाइन पोलमार्फत् बालन डि अर ड्रिम टिम घोषणा गरिएको छ । सर्वकालिन उत्कृष्ट फुटबलरका लागि फ्रान्स फुटबलले सुरु गरेको भोटिङ पोलमा अहिले सक्रिय फुटबलमध्ये अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका क्रिष्टियानो रोनाल्डो अटाएका छन् । उक्त टिमको फर्मेसन ३–४–३ रहेको छ । जसमा विश्व फुटबलमा अहिलेसम्मका महान फुटबलरहरु समावेश भएका छन् । ड्रिम टिममा अहिलेसम्मका सबैभन्दा उत्कृष्ट खेलाडीको स्थान भने रुसका लेभ यासिनले सुरक्षित गरेका छन् ।

उनले सन् १९५४ देखि १९७० सम्म गरि सोभियत युनियनका लागि ७४ खेल खेलेका थिए । रक्षापङ्तीमा इतिहासकै सबैभन्दा उत्कृष्ट फुटबलमा काफु, फ्रान्ज बेकेनबाउएर र पाउलो माल्दिनीले भोट पाएका छन् । यस्तै, डिफेन्सिभ मिडफिल्डमा जाभि हेर्नान्डेजले सबैभन्दा बढी भोट पाउँदा लोथर माथ्युसले उनीभन्दा केही कम भोट पाएका छन् भने अट्याकिङ मिडफिल्डमा विश्व विजेताद्वय डियागो म्याराडोना र पेलेले स्थान बनाएका छन् ।

फरवार्डमा भने विश्वकप २००२ ब्राजिललाई जिताउन सघाएका रोनाल्डो छन् । उनीसँगै ६ पटकका बालन डिओर , ६ पटक गोल्डेन बुट, ४ पटक च्याम्पियन्स लिग जितेका मेस्सी छन् भने साथमा ५ पटक बालन डिओर, ५ पटक च्याम्पियन्स लिग उपाधि हात पारेका क्रिष्टियानो रोनाल्डो छन् ।

यस्तो छ ड्रिम टिम

गोलरक्षक – लेभ यासिने

डिफेन्डर – काफु, फ्रान्ज बेकेनबाउएर र पाउलो माल्दिनी

मिडफिल्डर – जाभि, लोथर माथ्युस, डियागो म्याराडोना, पेले

फरबार्ड – लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र रोनाल्डो

 


Thali Mobile Pvt.Ltd.