भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

अजरबैजान र आर्मेनियाबीच फेरि सैन्य झडप

अजरबैजान र आर्मेनियाबीच फेरि सैन्य झडप

काठमाडौं । अजरबैजान र आर्मेनियाबीच फेरि लडाइँ छेडिएको छ। नागोर्नो काराबाख क्षेत्रमा रहेका दुईवटा गाउँको स्वामित्वलाई लिएर यी दुई छिमेकी मुलुक फेरि सैन्य झडपमा उत्रिएका हुन्। अजरबैजानको सेनाले काराबाख क्षेत्रका दुई गाउँलाई घेराबन्दी गरेको र त्यहाँ आर्मेनियाली सेना रहेको बताइएको छ। दुई मुलुकबीच झडप भएपछि शान्ति स्थापनाका लागि पहल गरिरहेको रुसले त्यहाँ आफ्ना शान्ति सैनिक पठाएको छ। अजरबैजानको रक्षा मन्त्रालयले पछिल्लो झडपमा आफ्ना चार सैनिक मारिएको जानकारी दिएको छ। आर्मेनियाले पनि अजरबैजानले गरेको सैन्य कारबाहीमा आफ्ना ६ जना लडाकु मारिएको बताएको छ।

नागोर्नो काराबाख क्षेत्रमा किन भिडे‌ आर्मेनिया र अजरबैजान दुवै पक्षले एक–अर्कोविरुद्ध हमला गरेको आरोप लगाएका छन्। पछिल्लो झडप नागोर्नो काराबाखको दक्षिणी क्षेत्रका गाउँमा भएको हो। नोभेम्बर १० तारिखमा दुई देशबीचको युद्ध समाप्त भएको थियो तर आर्मेनियाली सेनाको एक टुकुटी पछिल्लोपटक झडप भएको चाइलाक्काला भन्ने गाउँमा बसेको थियो। नागोर्नो काराबाख क्षेत्रमा सेप्टेम्बर २७ मा अजरबैजान र आर्मेनियाबीच युद्ध शुरु भएको थियो।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको मध्यस्थतामा दुवै देश नोभेम्बर १० तारिखमा युद्धविराम गर्न सहमत भएका थिए। पछिल्लो सम्झौतासँगै यो क्षेत्रका सात इलाका अजरबैजानको नियन्त्रणमा आएको छ। यसअघि ती क्षेत्र आर्मेनियाले कब्जा गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.