काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि चौतर्फी घेराबन्दी गरिएको भन्दै धरान उपमहानगरपालिकाका मेयरले कडा आलोचना गरेका छन् ।
थापाथली बागमती नदी किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरिरहेकालाई हटाउने महानगरको निर्णयपछि बालेनमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै मेयर हर्क साम्पाङ बालेनको पक्षमा खुलेका हुन् ।
बालेनमाथि अहिले भइरहेको घेराबन्दीलाई निन्दनीय भएको टिप्पणी समेत गरेका छन् । राईले स्वतन्त्र उम्मेदवारी दिएर विजयी जनप्रतिनिधि एक हुने बेला आएको बताए ।
स्थानीय तहको निर्वाचनमा विजयी भएको केही समयपछि हर्क बालेनको चर्को आलोचकका रूपमा देखिएका थिए ।
फोहोर व्यवस्थापनको विषयमा बालेनको उछितो काडेपछि सामाजिक सञ्जालमा हर्कप्रति नकारात्मक टिप्पणी ओइरिएका थिए । तर पछिल्लो समय मेयर हर्क बालेनप्रति निकै नरम देखिएका छन् ।
