भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

बासु मा.वि.मा औद्योगिक प्रशिक्षार्थी दिवस

बासु मा.वि.मा औद्योगिक प्रशिक्षार्थी दिवस

भक्तपुर । भक्तपुर ब्यासीस्थित बासु माध्यमिक विद्यालयमा औद्योगिक प्रशिक्षार्थी दिवस मनाइएको छ । विद्यालयले यो वर्षदेखि सञ्चालन गर्न लागेको निःशुल्क प्रि–डिप्लोमा तह सूचना प्रविधि विषयको औद्योगिक प्रशिक्षार्थी तालिमको तयारी स्वरुप सोमबारऔद्योगिक प्रशिक्षार्थी दिवस मनाएको हो ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा सीप सिकेर दक्ष प्राविधिक बनेर देशमै रोजगार बन्न सकिने प्रचुर सम्भावना रहेको कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघका सचिव बुद्धरत्न मानन्धरले बताए । लाखौं युवाहरु अरब र खाडी मुलुकहरुमा रोजगारीका विदेशीनु परेको दुःखलाई कोट्याउँदै सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप हासिल गरी नेपालमै काम गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरे ।

आफूले अध्ययन गर्दा महँगो शिक्षा पाउन जग्गाजमिन नै बेच्नुपरेको स्मरण गर्दै प्रशिक्षार्थीहरुले निःशुल्क अध्ययन गर्ने मौका पाउनुको साथसाथै आम्दानीसमेत हुने हुदा तालिम नयाँ पुस्ताको निम्ति सुनौलो अवसर भएको धारणा राखे । सैद्धान्तिक एवं प्रयोगात्मक शिक्षा नै आजको आवश्यकता भएको सचिव मानन्धरले बताए ।

विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईले सूचना प्रविधि विषयमा विद्यार्थीहरुको रुचि र आवेदन देखेर खुसी भएको बताइन् । उनले तालिममार्फत् देशको निम्ति आवश्यक दक्ष मानव संशाधन तयार हुने जानकारी दिइन् । कार्यक्रममा भक्तपुरमा सूचना प्रविधि क्षेत्रमा क्रियाशील विभिन्न उद्योग,कम्पनी,व्यवसाय,संस्थाहरुका साथै आवेदन दिएका प्रशिक्षार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा डिप्लोमा तहका संयोजक रमेश प्रजापतिले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । तालिममा ६५ जना प्रशिक्षार्थी आबद्ध भएको विद्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.