भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

बिमा कम्पनी कोरोना बिमा भुक्तानीमा आनाकानी गर्दै, अर्थमन्त्रीको निर्देशन समेत ‘फेल’

बिमा कम्पनी कोरोना बिमा भुक्तानीमा आनाकानी गर्दै, अर्थमन्त्रीको निर्देशन समेत ‘फेल’

काठमाडौं । नेपालमा कोरोना महामारी नफैलिने आकलन गरेर बिमामा ‘जुवा’ खेलेका कम्पनीहरु यतिबेला चलाकी गर्न थालेका छन् । बिमा कम्पनीहरुले संक्रमण लागेको पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी दुईवटा पोलिसी बिक्री गर्न थालेपछि त्यसमा ब्यापक जनआकर्षण देखियो ।

बिमा गरेका हजारौं व्यक्तिहरु संक्रमित भएपछि अहिले बिमा रकम भुक्तानी गर्न कम्पनीहरु आनाकानी र बहानावाजी गरिरहेका मात्रै छैनन् उनीहरुलाई सकस नै परेको छ । अर्थमन्त्रालयले भूक्तानीका लागि निर्देशन दिएपनि कम्पनीहरुले असफल गाईदिएका छन् । समय लाग्ने भन्दै कम्पनीहरुले टाल्ने काम गरिरहेको पीडितहरु बताउछन् ।

संक्रमित भएका सञ्चारकर्मी सुजन ढुंगाना पनि हालसम्म भुक्तानी पाउन नसकेको गुनासो गर्छन । उनले युनाइटेड इन्स्योरेन्समा बिमा गरेको बताए । विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएलगत्तै ७ दिनभित्रै बिमा रकम भुक्तानी दिन निर्देशन दिएका थिए । त्यो निर्देशन बिमा कम्पनीहरुले कार्यान्वयन गरेनन् । हजारौं बिमितहरु अझै पनि आशमै बसिरहेका छन् ।

निजी ल्याबमा गरिएको परीक्षणको रिपोर्ट आधिकारिकता पुष्टि गरेर मात्रै भुक्तानी गर्ने भनेर रोकिएको छ । अहिले भुक्तानी नपाउनेको ठूलो संख्या निजी ल्याबकै परीक्षणवालाहरुको रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.