भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बेमौसममा फाइदा लिन चिस्यान गृहमा सुन्तला भण्डारण

बेमौसममा फाइदा लिन चिस्यान गृहमा सुन्तला भण्डारण

म्याग्दी । जिल्लामा पहिलो पटक कृषकले चिस्यान गृहमा सुन्तला भण्डारण गरेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि सुन्तला चिस्यान गृहमा सुरक्षित भण्डारण गरेको बताएका छन् ।

सहज बजार र उचित मूल्य पाउने अपेक्षा अनुसार कृषकले भण्डारण गरेको बताए । नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषक यतिबेला चिस्यान गृहमा भण्डारण गर्न लागेका हुन । प्रतिकिलो ६० देखि रु ७० का दरले बिक्री भएको सुन्तला चैत–वैशाखसम्म राख्दा प्रतिकिलो रु १६० देखि रु २०० सम्म बिक्री हुने गरेको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले बताए ।

धेरै समय बोटमा फल लाग्दा हावा हुरीले क्षति हुने समस्या पनि हटेको उनको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रमको सहयोगमा स्थापना भएको दश हजार किलो क्षमताको सो चिस्यान गृहमा यसपाली पहिलो पटक सुन्तला भण्डारण गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.