बेलायतसँग वार्ताका लागि समिति गठन गर्न नेपाल सरकारसंग घलेकाे आग्रह

बेलायतसँग वार्ताका लागि समिति गठन गर्न नेपाल सरकारसंग घलेकाे आग्रह

काठमाडौं । बेलायती सेनासरह ब्रिटिश सेनामा कार्यरत नेपालीहरुले पनि सेवा/सुविधा पाउनुपर्ने भन्दै वार्ता समिति गठन गर्न सरकारसंग नेपाली काँग्रेस समाजवादीकी उपाध्यक्ष पुष्पा राणा घलेले आग्रह गरेकी छन् । छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न उनले नेपाल सरकारसँग आग्रह गरेकी हुन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घलेले आफु बेलायतसँग भएको सम्झौता अनुसार वार्ता समिति गठनका लागि नेपाल सरकारसँग आग्रह गर्न आएको बताइन् । पुष्पा घलेले भनिन्, ‘नेपाल सरकारले तुरुन्त वार्ता समिति गठन गरेर आफ्नो नागरिकप्रति जिम्मेवार रहेको खबर ब्रिटिशसमक्ष पुर्याउनुपर्छ, म यो आग्रह गर्न चाहान्छु, छिटो भन्दा छिटो नेपाल सरकारले वार्ता समिति गठन गरेर हामी तयार छौं भन्ने सन्देश बेलायत पठाओस् ।’

ब्रिटिशसँग नेपाल सरकारले गरेको त्रिपक्षीय सन्धीलाई कार्यान्वयन गर्नु पर्ने उनको भनाई छ । ब्रिटिश सेनामा कार्यरत नेपाली सैनिकहरुको हकहितका लागि अगस्टमा १३ दिनसम्म अनसन बसेको स्मरण गर्दै घलेले बेलायतका रक्षामन्त्री, गोर्खा भुपु सैनिकको प्रतिनिधि र नेपाल सरकारको प्रतिनिधिको रोहवरमा अनशनरत ३ जनाले वार्ताद्धारा माग पूरा गर्ने शर्तमा अनशन तोडेको जानकारी दिइन् ।

ब्रिटिश नागरिकहरु सरह सेवा सुविधा नदिएकोले ३२ वर्षदेखि आन्दोलन गर्न परेको उनको भनाइ छ । ब्रिटिश सेना र गोर्खाली सेनाको काम एउटै भएपनि सेवा सुविधा गोर्खा सैनिकलाई विभेद गरेको घलेको आरोप छ । समान सेवा/सुविधा हुनुपर्ने र भिन्नताको अन्त्य जरुरी रहेको भन्दै घलेले आफु आवरण अनशनमा बसेको बताइन् । अनशन बस्दा आफुले प्रहरीले यातनासमेत खाएको बताइन् ।

पुष्पाकै शब्दमा
मानव अधिकारको जननी भनेर चिनिने ब्रिटिस सरकारले २०७ वर्षसम्म सार्वभौम सम्पन्न राष्ट्रका युवाहरुलाई सेनामा भर्ति गरेर लग्योे र उसका बेलायती सेना बराबरको पेन्सेन तलब र अरु सेवा सुविधाहरुबाट बञ्चित गराइएको कुराहरु म तपाईलाई अवगत गराउन चाहान्छु । हामीले आन्दोलन गरेको पनि ३२ वर्ष नाघि सक्यो । गएको अगष्ट महिनामा हामीले अन्तिम अस्त्रको रुपमा आमरण अन्सनको घोषणा गरेका थियौं ।

फलस्वरुप म यँहा नेपालबाट गएँ र त्यहाँ प्रधानमन्त्री जोनसनको कार्यलय अगाडि १३ दिनसम्म तीन जना सत्यग्राही अभियान्ता ज्ञानराज राई, धनबहादुर गुरुङ्, र म पुष्पा स्वयम १३ दिन अन्सन बस्यौं । यो भन्दा पहिला साथीहरु अन्सन बस्नु भयो । १३ दिनको अन्सन बस्दा पुलिसहरुले हामीलाई धेरै पटक अमानवीय यातना दियो । यिनीहरु हरेस खाएर यहाँबाट भागोस् भन्ने हिसाबले सतायो ।

एउटा कुर्सीमा १३ दिनसम्म मन तातो पानी मात्र पिएर हामी अनसन बस्यौं । अन्तमा त्यहाँका रक्षामन्त्री र एकजना मन्त्री आएर डिसेम्बर २१ तारिकमा गोर्खाहरु जुन विभेदमा परेका छन् भनेर लिखित जवाफ दिएर जानु भयो । ०९७ सालदेखि उताका गोर्खाहरु विभेदमा परेका छन् । ब्रिटिस सेनाले १ हजार पाउड पाउने अवस्था थियो भने नेपाली सेनाहरुले १ सय पाउड पाउँन पनि गाह्रो थियो ।

त्यसै कारण ३२ वर्षसम्म हामीले आन्दोलन ग¥यौं । यो पीडा नेपाल सरकारलाई पटक पटक सिंहदरबार भित्रै गएर अवगत गरायौं । तीन महिनामा नै सरकार फेरिन्थ्यो । नौं महिनामा सरकार फेरिन्थ्यो त्यो समस्या एका तीर छ । तर अहिलेको लोकतान्त्रिक गणतन्त्रको सराकार ५ वर्षको म्यानडेट लिएर आएका छ । धेरै पटक गुहार्दा पनि गोर्खा सैनिकका पीडा सुन्नु सकेन ।

अन्तिममा हामीले आमरण अन्सन नै बस्नुपर्ने बाध्यता आयो । यो पीडा र समस्याको हल नेपाल सरकारले खोज्नै पर्छ । भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत पुगेर फर्किनु भयो अब यो समस्यामा केन्द्रीत भएर हल निकाल्नु हुनेछ भन्ने विश्वास लिएका छौं ।

 


Thali Mobile Pvt.Ltd.