भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

बैशाखको चुनावमा दुई सिट ल्याएर मात्रै देखाउन प्रचण्ड-माधवलाई ओलीको चुनौती (भिडियाेसहित)

बैशाखको चुनावमा दुई सिट ल्याएर मात्रै देखाउन प्रचण्ड-माधवलाई ओलीको चुनौती (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदलोलुप भएर भागेको आरोप लगाउँदै अबको चुनावमा दुई अंकको सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

माधव र झलनाथ पदका पछाडि दौडिरहेको आरोप लगाउँदै पद चाहिएको भए पार्टी बैठकमा आउन समेत आग्रह गरेका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खिया लागेहरुलाई पार्टीमा ठाउँ नभएको संकेत गरे ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

सुन्तला खान भए सुन्तला घारीमा जान अनुरोध गर्दै माधव झलनाथलाई सल्लाघारी नजान अनुरोध गरे । नचाहँदा नचाहँदै पार्टी एकता गरेको भन्दै दुईचार दिन प्रचण्डलाई खेल्न दिदा पार्टी नै कब्जा गर्न खोजेको दाबी गरे ।

खिया लागेर झरेका दुई नटबोल्टले गर्दा अहिले पार्टी राम्ररी चलेको बताए । प्रचण्ड–नेपाल समूहले माईतिघरमा आन्दोलन गर्दा अगाडी कटौरा राखेर गर्न व्यङ्ग प्रहार गरे । आधिकारिक नेकपा आफूले नेतृत्व गरेको दाबी गर्दै ओलीले बहुमत पनि आफुसंगै रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.