भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भक्तपुर अस्पतालमा थपियो माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

भक्तपुर अस्पतालमा थपियो माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

भक्तपुर । पछिल्लो समय भक्तपुर अस्पतालमा विभिन्न सेवाहरु थपिदै गएका छन् । अस्पतालले प्रदान गर्ने सेवासंगै भक्तपुर अस्पतालमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा आएको छ ।  भक्तपुर अस्पताल व्यवस्थापन समिति अध्यक्ष रमण कायष्थ तथा अस्पताल प्रमुख  मेडिकल सुपेरिडेन्टेन्ट डा.मित्रा गौतमले संयुक्तरुपमा रिबन काटेर एक्सटेन्सन‌ काउण्टरको उद्घाटन गरेसंगै सोमबार भक्तपुर अस्पतालमा माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइरालाको उपस्थितिमा उक्त काउन्टर सञ्चालनमा आएको हो । भक्तपुर अस्पतालमा थपियो माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनबाट अस्पतालमा‌ उपचारका लागि आउने सेवाग्राही मात्र नभई अस्पतालका कर्मचारीहरु समेत लाभान्वित हुने भक्तपुर अस्पताल प्रशासनले जनाएको छ ।भक्तपुर अस्पतालमा थपियो माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

अस्पताल प्रमुख मेसु डा. गौतमले भक्तपुर अस्पताललाई दुई सय शैयाको अस्पतालमा अपग्रेड गर्ने, सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्ने, भक्तपुर जिल्लामै सरकारमा नभएको सीटीस्क्या, एमआरआई सञ्चालन गर्ने, २४ सै घण्टा अस्पाल आउने कुनै पनि विरामी सेवा पाउने व्यवस्था मिलाउने, विभिन्न किसिमका तालिमको प्रवन्ध गर्नेलगायतका योजनाहरु रहेको बताउनुभयो । उहाँले भक्तपुर अस्पतालमा विरामीहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै थप टिकट काउन्टर सञ्चालन गर्ने र अस्पताललाई अझै व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।भक्तपुर अस्पतालमा थपियो माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

 


Thali Mobile Pvt.Ltd.