भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भक्तपुर नपाको चौधौं नगरसभामा विधेयक २०८० सर्वसम्मतिले पारित

भक्तपुर नपाको चौधौं नगरसभामा विधेयक २०८० सर्वसम्मतिले पारित

भक्तपुर । असार ६ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको चौधौं नगरसभा असार २९ गते सम्पन्न भएको छ । नगरसभामा स्थानीय सेवा (कर्मचारी) गठन, सञ्चालन र व्यवस्थापन, सेवा, शर्त तथा सुविधा सम्बन्धमा बनेको विधेयक २०८० सर्वसम्मतिले पारित भएको छ ।

भक्तपुर नगरलाई दीर्घकालीन सोचका साथ अगाडि बढाउने प्रयास भइरहेको बताउँदै प्रमुख प्रजापतिले कर्मचारीहरुलाई व्यक्तिगतको फाइदाको लागि नभई जनताको सेवाको भावनाले संस्थाको आवश्यकताअनुसार संस्थाको हितमा काम गर्न प्रेरित गरे ।

पारित विधेयकमाथि भएको छलफलमा सभासद् रामसुन्दर बासीले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको लागि पनि छुट्टै ऐन ल्याउनुपर्ने, अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुले पनि मृत्यु संस्कार र सुत्केरी बिदा पाउनुपर्ने धारणा राखे ।

सभासद् हेरा ख्याजुले कर्मचारीहरुको पद मिलान गर्नुपर्ने, कर्मचारीहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि सेवाकालीन अध्ययनको व्यवस्था मिलाउनुपर्ने बताए । सभासद् नारायणप्रसाद त्वानाबासुले प्रदेश कानुनसँग नबाँझिने गरी स्तर वृद्धिको व्यवस्था गर्नुपर्ने र कर्मचारीहरुको लागि अध्ययन बिदाको व्यवस्था हुनुपर्ने विचार राखे ।

सभासद् पुरुषोत्तम तमखूले करार र अस्थायी कर्मचारीहरुको जायज मागहरु सम्बोधन गर्नुपर्ने र कर्मचारीहरुले राजनीतिक गर्न नहुनेबारे प्रष्ट पारे । त्यस्तै सभासद् श्यामसुन्दर मातांले कर्मचारीहरुलाई कानुनबमोजिम दिन सकिने सुविधाहरुको उल्लेख विधेयकमा गर्नुपर्ने धारणा राखे ।

सभासद् सिद्धिराम अवालले तहविहीन कर्मचारीहरुको स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवा थप गर्नुपर्ने, कर्मचारीको परिभाषाको प्रष्ट व्याख्या गर्नुपर्ने विचार राखे । उक्त सभामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको चौधौं नगरसभाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.