काठमाडौ । काठमाडौँ, भक्तपुर र ललितपुरमा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौँले भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन निषेध गरिएको प्रहरीले जनाएको छ ।
