भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर हेल्थ कर्न्सन प्रालिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै (भिडियाेसहित)

भक्तपुर हेल्थ कर्न्सन प्रालिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै (भिडियाेसहित)

काठमाडौं । पछिल्लो समय मुटुरोग, छाला तथा यौन रोग र नशा तथा मनोरोगलगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । यो समस्या समाधानका लागि कटुञ्जे सल्लाघारी स्थित भक्तपुर हेल्थ कर्न्सन प्रा.लिले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

यही असोज ९ गते शनिबार सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा छाला, नशा, यौन तथा मुटु रोगका साथै बिरामीका सम्पूर्ण समस्या समाधान गरिने प्रालिका संचरसिंह तामाङले बताए । निःशुल्क स्वास्थ्य शिविरमा दुई जना डाक्टरले विषेशज्ञ सेवा दिनेछन् । नशा तथा मनोरोग विषेशज्ञ डा. सुप्रिया शेरचन र छाला रोग विशेषज्ञ डा डा. रोसिना पौडेलले सेवा दिने तामाङले बताए ।

अन्य दिन  भक्तपुर हेल्थ कर्न्सन प्रा.लि.मा  बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कार्तिकेश ठाकुर, फिजिसियन डा. सुनिल ढुंगेललगायतको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गर्ने छ । उक्त टोलीले डा. आशेष ढुंगाना, छाती रोग, मुटुरोग, डा. राेसिना पाैडेल छाला राेग, डा. रबि भुषण सुवाल  नाक, कान, घाटी रोग, डा. ध्रुव श्रेषठ बाल रोग, डा. विवेक बासुकला हाडजोर्नी, डा. कृष्णप्यारी दुगुजु स्त्री तथा प्रसुती, फोक्सोको जाँच, आखाँ जाँच, एक्सरे, ल्याव, इसीजीलगायतका सेवा कर्न्सन प्रा.लि.मा दिइने छ ।

big विशेषज्ञ सेवा नपाएका नागरिकलाई दुर्गममै सेवा दिने उद्देश्यले शिविरको आयोजना गर्ने भन्दै यसपाली हेल्थ कर्न्सन प्रालिको सल्लाघारी शाखा प्राङ्गणमा निःशुल्क परिक्षणकासाथै उपचारको व्यवस्था मिलाइने कर्न्सन प्रा.लि.ले जनाएकाे छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…


शिविरमा आफ्नो स्वाथ्य जाँच गराई सवर्ण अवसरको लाभ लिन आयोजक भक्तपुर हेल्थ कर्न्सन प्रालिले सबैमा अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.