भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

भक्तपुर– १ मा नेमकिपाका प्रेम सुवाल अत्याधिक मतले विजयी

भक्तपुर– १ मा नेमकिपाका प्रेम सुवाल अत्याधिक मतले विजयी

भक्तपुर । निर्वाचन क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल अत्याधिक मतले विजयी भएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका प्रेम सुवाल संसदमा एक मात्र प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका थिए ।

अहिलेको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा जनताले भारी मत दिएर विजयी बनाएका छन् । ४२ हजार ७ सय ६१ मत पाएर सचिव सुवाल विजयी भएका हुन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नवराज गेलालले ११ हजार ९ सय ५८ मत पाएका छन् ।

सुवाल र गेलालबीच ३० हजार ८०२ मतको फरक छ । यस क्षेत्रमा राप्रपाका भरत खड्काले ९ हजार ३०३, गठबन्धनका सुनिल गोठेले ५ हजार २८३ मत पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.