भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर २ मा महेश बस्नेतलाई हराउन दुर्लभ थापालाई उम्मेदवार

भक्तपुर २ मा महेश बस्नेतलाई हराउन दुर्लभ थापालाई उम्मेदवार

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले जिल्ला सभापति दुर्लभ थापालाई टिकट दिएको छ । एमाले नेता महेश बस्नेतलाई हराउन थापालाई नै उम्मेदवार बनाएको काँग्रेस नेताको भनाइ छ ।

मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै भएको दवै पार्टीले दावी गरेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको कडा प्रतिस्पर्धा हुने देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि निर्णायक देखिन्छ ।

अन्य पार्टीले गठबन्धन गरेपनि नेपाल मजदुर किसान पार्टीे भने सिद्धान्तहीन एकता कसैसंग नगर्ने भन्दै आएको छ । यसअघि प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मतअन्तरले विजयी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.