भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भक्तपुरका आइसोलेसन अनुगमनमा संसदीय उपसमिति, सरकारी मापदण्ड भन्दा राम्राे व्यवस्थापन भएकाे निष्कर्ष

भक्तपुरका आइसोलेसन अनुगमनमा संसदीय उपसमिति, सरकारी मापदण्ड भन्दा राम्राे व्यवस्थापन भएकाे निष्कर्ष

काठमाडौं । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुर खरिपाटीस्थित कोरोना सङ्क्रमित राखेको आइसोलेसन सेन्टर र नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ ।

संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको अनुगमन गरेको हो । कोरोना सङ्क्रमितको अवस्था, खानपान, सरसफाइ र उपचारबारे जानकारी लिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताईन् ।

अनुगमनको क्रममा आइसोलेसनमा बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड भन्दा राम्रो भइरहेको अनुगमन उपसमिति संयोजक श्रेष्ठले बताए । कोरोना ‘हब’को रूपमा रहेको भक्तपुर अस्पताल पिसीआर मेसिन उपलब्ध गराइदिन अनुगमन टोलीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. प्रेमराज ज्ञवालीले अनुरोध गरे ।

आइसोलेसनमा भइरहेको गतिविधि र व्यवस्थापनबारे भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिईन् । आइसोलेसन सेन्टरको उचित व्यवस्थापन भए पनि कोरोना परीक्षणका लागि पिसीआर मेसिन नहुँदा नतिजाका लागि धेरै दिन कुर्नु पर्ने बाध्यता रहेकोले चाँडो भन्दा चाँडो मेसिनको व्यवस्था गरिदिन गौतमले आग्रह गरिन् ।

 


Thali Mobile Pvt.Ltd.