भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी |

भक्तपुरका एसपी विष्टलाई स्वागत /केसीको विदाई एकसाथ

भक्तपुरका एसपी विष्टलाई स्वागत /केसीको विदाई एकसाथ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक बेद विष्ट नियुक्त भएका छन् । नवनियुक्त प्रहरी उपरीक्षकलाई विष्टलाई स्वागत तथा रानीपोखरी सरुवा भएका प्रहरी उपरीक्षक प्रजित केसीलाई एक कार्यक्रमकाबीच आज एकसाथ विदाई गरिएको छ । पत्रकारसंग कुरा गर्दै विदाईहुने क्रममा प्रहरी उपरीक्षक केसीले भक्तपुर बसाइका १३ महिना ९ दिन शान्तपूर्ण रहेको बताए ।

प्रहरीको पहिलो काम शान्तिसुरक्षा कायम गर्नु रहेको भन्दै केसीले यसमा भक्तपुरबासीको साथ र सहयोग अविष्मरणीय रहेको बताए । भक्तपुर जिल्लाको समग्र शान्ति सुरक्षा शान्त रहेको भन्दै प्रहरी उपरीक्षक केसीले आफ्नो पालामा आम निर्वाचन सम्पन्न, विस्कालगायतका ठूला सास्कृतिक जात्रा उल्लासपूर्ण वातावरणमा शान्तिपूर्वक सम्पन्न भएको बारे चर्चा गरे ।

आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरी रानीपोखरीमा पुगेर काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाको शान्ति सुरक्षाको लागि थप भूमिका खेल्ने केसीको भनाइ छ ।

यता नयाँ एसपी (प्रहरी उपरीक्षक) वेद विष्टले पत्रकार र प्रहरीको काम एउटै भएकाले हातेमालो गरेर शान्तिसुरक्षामा एक भएर जाने बताए । सो क्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव संजीव शुभचिन्तकसहित पत्रकारको टोलीले विदाई तथा स्वागतमा एसपीलाई खादासहित स्वागत गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.