चितवन । चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको प्रमुख नछाड्ने दाबी गरे गठबन्धन टुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।
भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेसले मात्रै होइन सबै दलले यहाँको मेयर पद त्याग्नु पर्ने धारणा राखे ।
देशको भविष्यका लागि गठबन्धनलाई साथमा लिएर जाने निर्णय गरिसकेको भन्दै यसलाई जसरी पनि सफल पार्न लागेको जिकिर गरे । त्यसैले यहाँको मेयरमा अरुले दावी गर्न लचिलो हुनुपर्ने बताए ।
भरतपुर महानगरपालिका–२ का सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै उनले गठबन्धनलाई मजबुत बनाउन सबै तहतप्काको जिम्मेवार भूमिका रहेको बताए।
