काठमााडौं । नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले नेपालमा नयाँ नेतृत्वमा चुनावी सरकार गठन भएको भारतको चाहना रहेको संकेत गरेका छन् ।
भारतीय पत्रिकामा एक लेख प्रकाशित गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउँदै स्वच्छ छवि भएका व्यक्तिलाई नेतृत्व दिने पहल भइरहेको जनाएका छन् । दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको भन्दै शरणले चीनको जुटाउने पहलमा सहमत नभएको जिकिर गरेका छन् ।
नेकपाभित्रको विवाद मिलाउन चीन सक्रिय रहे पनि भारत भने ‘पर्ख र हेर’ रणनीतिमा बस्नुपर्ने उनको भनाइ छ। नेपालको पछिल्लो राजनीतिक संकट निम्तिनुमा अमेरिकाको पनि हात रहेको विचार व्यक्त गरेका छन्। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्तावित ५०० मिलियन अमेरिकी डलर बराबरको सम्झौताका कारण पनि नेपालमा राजनीतिक संकट निम्तिएको जिकिर गरेका छन्।
