भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

भारत सरकारको सहयोगमा फौद सिंह जनता माविको दुईतले भवन उद्घाटन

भारत सरकारको सहयोगमा फौद सिंह जनता माविको दुईतले भवन उद्घाटन

लालबन्दी । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि लालबन्दीको दुईतले भवन उद्घाटन भएको छ ।

नगरपालिका–१७, रानीगञ्ज, सर्लाहीमा निर्माण भएको उक्त भवनको मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह र भारतीय महावाणिज्यदूत नितेश कुमारद्वारा संयुक्त रूपमा उद्घाटन भएको हो । शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत भवन निमार्ण गरिएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका स्थानीयलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको अनुदान पन्ध्र वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.