भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा १० जना सुरक्षाकर्मीको मृत्यु

भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा १० जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । माओवादीले आक्रमण गर्दा भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्यु भएका जवानहरू डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का रहेको जनाइएको छ ।

प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादी रहेको खबर पाएपछि नक्सल विरोधी अभियानका लागि दन्तेवाडाबाट डीआरजी फोर्स पठाइएको थियो । सोही आक्रमणमा परी एक सवारी चालकको समेत मृत्यु भएको छ ।

जसका कारण अपरेशनमा संलग्न डीआरजीको गाडीलाई ठक्कर दिएको थियो । त्यसक्रममा १० जवान र गाडी चालकको घटनास्थलमै मृत्यु भएको थियो । उक्त क्षेत्रमा खोजी कार्यका लागि थप जवानहरु पठाइएको प्रहरीले जनाएको छ । माओवादी विरुद्धको अपरेशन सकेर फर्कने क्रममा अरनपुर सडकमा संदिग्ध माओवादीले बम विष्फोट गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.