भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय राज्यमन्त्री आठवले नेपाल भ्रमणमा आउने

भारतीय राज्यमन्त्री आठवले नेपाल भ्रमणमा आउने

काठमाडौँ । भारतका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । रिपब्लिकन फाउन्डेसन (नेपाल) ले आज (शनिबार) राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै भारतीय राज्यमन्त्री आठवलेले नेपाल भ्रमणमा आउने जानकारी दिएको हो । बुद्धका अनुयायी डा.अम्बेडकर को १३२ औं जन्मदिन पारेर आयोजना गरिएको कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरी विशिष्ट अतिथिको रुपमा उनी आगामी चैत्र ३० गते नेपाल आउने फाउन्डेशनले जानकारी दिएको छ ।

‘नव वर्ष २०८० को पावन अवसर पारी शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक एवम् सम्मान कार्यक्रम २०८० लाई भव्यताका साथ सफल बनाउन र संयोगले बुद्धका महान् अनुयायी डा।अम्बेडकर को १३२ औं जन्मदिन अप्रिल १४ तारिख र हामी नेपालीको नयाँ वर्ष पनि एकैदिन परेको हुँदा हाम्रो निमन्त्रणालाई स्वीकार गरी भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष माननीय रामदास आठवलेज्यु तीन दिने नेपाल भ्रमणका साथै यस कार्यक्रमको अति विशिष्ट अतिथिको रुपमा आउनहुने जानकारी गराउँछौं,’ रिपब्लिकन फाउन्डेसन नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनको तीन दिने नेपाल भ्रमणको क्रममा अम्बेडकरको १३२ औं जन्मजयन्ती समारोह, विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन, फाउन्डेसनको उदघाटन,नवलपरासीमा निर्माणाधिन बुद्ध शान्ति पार्कको अवलोकन देवघाट घोषणापत्र जारी लगायतका कार्यक्रम रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.