भर्खरै : Sorry, your browser does not support inline SVG.

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुर पुग्यो

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुर पुग्यो

भैरहवा । काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरिएको छ ।

एयर ट्राफिक जाम भएको सूचना काठमाडौं विमानस्थलले दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

७ः३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको हो ।

इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको बुद्ध एयरले जनाएको छ ।

लामो समयपछि जहाज काठमाडौं अवतरण गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.