भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

भोजपुरी भाषा र संस्कृतिको विकास हुन सकेन ः मुख्यमन्त्री राउत

भोजपुरी भाषा र संस्कृतिको विकास हुन सकेन ः मुख्यमन्त्री राउत

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको प्राथमिकतामा नपरेका कारण भोजपुरी भाषाको अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ । वीरगञ्जको गहवामा आज आयोजित समारोहबीच भोजपुरी प्रतिष्ठानको भवन शिलान्यासका क्रममा मुख्यमन्त्री राउतले लामो समयसम्म एउटै भाषा एउटै वेशको नीति राज्यले अङ्गीकार गरेको कारण अति नै समृद्ध मानिने भोजपुरीलगायत अन्य भाषाको विकास हुन नसकेको तर्क गर्नुभयो । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा भोजगरी प्रतिष्ठानको भवनको शिलान्यास गरिएको हो । करीब रु चार करोड लागतमा चारतले आधुनिक भवन बन्न लागेको हो ।

उहाँले नेपाल र सीमावर्ती भारतीय क्षेत्रमा गरी ३५ करोडभन्दा बढीले बोलचालमा प्रयोग गर्ने भोजपुरी भाषा अति नै समृद्ध भए पनि यसको विकासका लागि राज्यले देखाएको उदासीनताकै कारण भोजपुरीपछि पर्दै गएको बताउनुभयो । भोजपुरी भाषा र संस्कृतिको बृहत्तर विकासका लागि प्रदेश सरकारले निकट भविष्यमै प्रदेशस्तरीय भोजपुरी प्रतिष्ठान गठन गरी आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेर बजेटसमेत विनियोजन गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेश नंं २ का भौतिक निर्माण तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले राजन्त्रमा खस भाषाको मात्र विकासका लागि काम भए पनि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबै भाषालाई विकास गर्ने वातावरण निर्माण हुँदै गएको बताउनुभयो । उहाँले अब प्रदेश र स्थानीय तहसमेतले आआफ्नै कामकाजको भाषा कायम गर्न सक्ने संविधानले नै अधिकार दिएको बताउनुभयो । भोजपुरी भाषा र संस्कृतिको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने र वीरगञ्जमा निर्माण हुन लागेको भोजपुरी प्रतिष्ठानको भवनका लागि सक्ने आर्थिक सहयोग गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भोजपुरी प्रतिष्ठानका संरक्षक वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीका अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण र प्रदीप यादव, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलगायतले भोजपुरी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वीरगञ्जका नगरप्रमुख सरावगीले निकट भविष्यमै भोजपुरी भाषालाई वीरगञ्ज महानगरपालिकाले कामकाजको भाषा बनाउने र यसतर्फ गृहकार्य भइरहेको जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.