भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा परेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका छन् । भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने बताइएको छ ।

कास्की–२ को प्रदेश सभा २ मा टिकटको आकांक्षी रहेका खड्काले टिकट भने पाएनन् ।

सो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन् । खड्काले थापालाई हराउन लागेको आरोप खेपेका छन् ।

 


Thali Mobile Pvt.Ltd.