भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मधेस आगलागीका ५९० घटनामा २५ को मृत्यु

मधेस आगलागीका ५९० घटनामा २५ को मृत्यु

बारा । परवानीपुर गाउँपालिका–५ नौतनकी कुन्तीदेवी साहको खरले छाएको घरमा आगलागी हुदा मस्त निद्रामा रहेकी कुन्तीदवीलाई छिमेकीले डाके पछि बाहिर निकेकी थिइन् ।

छिमेकी समतोला देवी कानुले कराउँदै कुन्तीलाई घरबाहिर निस्काउन सफल भइन् । पछि घर भित्रै रहेका नाती नातिनीलाई स्थानीयले बाहिर निकाल्न भ्याएँ ।

नत्र उनको सबै परिवार जल्ने अवस्था आएको स्थनानीयले बताए । तर घरसँगै भित्रको सबै सामान, नगद जलेर खरानी भयो ।

दमकल समयमै आउन नसक्दा अन्नपात, घरमा राखिएको नगद, गरगहना, लताकपडा, भाँडाकुडा, पलङ लगायतका सबै सामान जलेको पीडित कुन्तीले बताइन् ।

आगलागीको कारण खुल्न नसकेपनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए ।

बारामा २१ दिन यता १३ वटा घर गोठमा आगलागी हुँदा करिब ३१ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ भने २५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.