काठमाडौं । आजबाट टाइफाइडविरुद्धको खोप अभियान संचालन हुँदैछ । सरकारले नै राष्ट्रिय खोप अभियानका रुपमा अघि बढाएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो दरबार हाइस्कुलमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको घोषणा गरेका हुन् ।
आज शुक्रबार आजदेखि देशभरका बालबालिकालाई खोप लगाइदै छ । यो अभियान २०७९ वैशाख १८ गतेसम्म रहने सरकारले जनाएको छ ।
यसअन्तर्गत १५ महिनादेखि १५ वर्षका करिब ७५ लाख बालबालिका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको विश्वास छ। खोप लगाउन मुलुकभर ५० हजार भन्दा बढि विद्यालयलाई केन्द्र तोकिएको छ ।
