भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

बाग्लुङ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो ।

बुधवार बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका ठाउँबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौलगायतका ठाउँ पुग्ने गाडी बीच बाटोमै रोकिएका छन् ।

निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध पारेको हो । कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका गाडी ठप्प भएको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्नसमेत समस्या भएको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.