भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मध्यपुरमा गठबन्धन विजयी

मध्यपुरमा गठबन्धन विजयी

भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट मयर र उपमेयर विजयी भएका छन् ।

वडा नम्बर ८ को मत परिणामसंगै प्राप्त नतिजा अनुसार गठबन्धनका तर्फबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।

नगरउपप्रमुखमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८९६३ मत पाएकी छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा मदनसुन्दर श्रेष्ठले १४ हजार मत प्राप्त गरेका थिए भने, उनका प्रतिद्वन्द्वी अष्टकुमार कवेले १० हजार १६५ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा मदनसुन्दरले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउन सकेनन् ।

मदरसुन्दर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ नाताले जेठान हुन् । मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.