भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

मनपरी कानून निर्माणको होडबाजी रोक्न नयाँ कानून ल्याइँदै

मनपरी कानून निर्माणको होडबाजी रोक्न नयाँ कानून ल्याइँदै

काठमाडौँ, । प्रत्यायोजित अधिकारका नाममा मनपरी ढङ्गबाट कानून निर्माणको होडबाजी चलेपछि यसलाई व्यवस्थित तुल्याउन संसदीय समितिले नयाँ ऐन ल्याउने तयारी गरेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित अधिकारको दुरुपयोग गरी अन्धधुन्दरुपमा कानून बनाइएकाले यसलाई रोक्न नयाँ कानुनको आवश्यकता औँल्याएको हो । समितिका सभापति रामनारायण विडारीले देशमा कति ऐन, निर्देशिक, मापदण्ड, नियमावली, कार्यविधि, मार्गदर्शन, दीग्दर्शन छ भन्ने कुरा कहीँकतै लेखाजोखा नै नरहेको प्रतिक्रिया दिए ।

उहाँका अनुसार मुलुकमा कतिवटा कानून छ भनी यकिन गर्न सक्ने अवस्था छैन । सभापति विडारीले भन्नुभयो,“प्रत्यायोजित कानूून मनपरी बनेपछि कानूूनको ठूलो जङ्गल नै भएकोछ, भष्ट्राचारी र कुुशासन गर्नेलाई सजिलो भएको छ, यो भद्रगोललाई नियन्त्रण गर्न एउटा ठिकढङ्गको नयाँ कानून आवश्यकता परेको छ ।” कानून बनाउने अधिकार र जिम्मा सदनलाई भए पनि मनपरी ढङ्गबाट कानून बनाउन थालिएपछि ८० प्रतिशत कानून संसद्बाहिर बन्न पुगेको समितिको ठम्याइ छ । संसद् २० प्रतिशत मात्र सीमित भएपछि सरकारका मन्त्री र सचिवलगायतका पदाधिकारीको इच्छा र मनमौजीमा अनुुचितकार्य गर्न दूषित नियतले कतिपय कानून बनाएर लागू गरिएको पाइएको सभापति विडारीले जानकारी दिए।

लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका विश्वका कतिपय मुलुक बेलायत, क्यानाडा, अष्लिटµया र अमेरिकामा प्रत्यायोजित विधायन निर्माणको राम्रो प्रचलन र अभ्यास छ । सदनद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी कानून बनाउदा प्रदान गरेको अधिकार भन्दा दायाँबायाँ वा तलमाथि जान नमिल्ने विज्ञको मतछ । ऐनमै प्रयायोजित गरेको अधिकार कति छ भनी किटान हुनुपर्छ । नेपालमा प्रत्यायोजित विधायन निर्माण सम्बन्धमा निकै जटिलता रहेको जनाउँदै सभापति विडारी भन्नुभयो, “संविधान मातहत ऐन तथा ऐन अन्तर्गत बन्नुपर्छ, प्रत्यायोजित विधान मनपरी बनाए । यो भद्रगोल अवस्थालाई अन्त्य गर्न नयाँ बनाइने ऐनमा कसरी लागूू हुुन्छ भन्ने स्पष्ट हुनेछ ।”

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरी दिएको प्रत्यायोजित विधायनसम्बन्धी ऐन २०७८ को मस्यौदामाथि समितिले विज्ञसँग छलफल गरी राय सुझाव लिइरहेको छ । बैठकमा पूर्व सचिव राजुमानसिंह मल्लले भन्नुभयो “ऐनमा नभएको कुरा नियमावली, नियमावलीमा नभएको कुुरा निर्देशिका बनाएर काम गरेको पाइएकाले त्यसरी प्रत्यायोजित नै नगरेको विषयमा कुुन आधारमा कानून बनाइएको हो भन्ने अहिलेको गम्भीर प्रश्न हो, यो प्रवृत्तिलाई हटाउनुपर्छ । ” नियमावली होस् वा निर्देशिका अनिवार्यरुपमा सर्वसाधारण र सरोकारवालाको जानकारीका लागि प्रकाशन गर्नुपर्नेमा आफू अनुकूल बनाएर टेबलको घर्ररामा राख्ने काम भएको समितिको बुझाइ छ ।

त्यति मात्र होइन, मन्त्री होस् वा सचिवलाई काम गर्न मन लागे एउटा, मन नलागे अर्को निर्देशिका देखाउने गरिएको आरोपछ । नयाँ ऐन जारी भएसँगैँ नियमावली होस् वा निर्देशिका तर्जुमा गर्दा सिद्धान्तका आधारमा बनाउन, जारी भएको कानून संसद्लाई १५ दिनभित्र उपलब्ध गराउने तथा समितिले अभिलेख राख्नेछ । संसद्बाहेक प्रत्यायोजित अधिकार प्रयोग गरी सरकार, मन्त्रालय, आयोग, सर्वोच्च अदालत, सङ्गठित संस्थाले नियमावली, निर्देशिका, दिग्दर्शन बनाउने प्रचलन छ ।

पूर्व कानून सचिव मल्ल भन्नुभयो ,“प्रत्यायोजित अधिकारको आधारमा कानून बनाउदा अधिकारको ठिक प्रयोग भएको छ वा छैन भनी शक्ति सन्तुलन र नियन्त्रणका सिद्धान्तका आधारमा संसद्बाट परीक्षण हुन आवश्यक छ, मूल ऐनले दिएको अधिकारका आधारमा मात्र कानून बनाउनुपर्छ ।”प्रत्यायोजित अधिकार प्रयोग गरी सरकार वा अरु निकायले बनाएका नियमावली वा निर्देशिका सदन समक्ष प्रस्तुत नभइ लागू गरिएमा जुनसुकै बेला रद्द हुन सक्नेछ ।

 


Thali Mobile Pvt.Ltd.