भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह

राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह

काठमाडौं, २५ भदौ । राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्या फेरि उल्लेख्य रूपमा बढेको भन्दै राहदानी विभागले आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भएर सेवा लिन आग्रह गरेको छ ।

विभागले नयाँ राहदानी प्रणाली सुरु भएदेखि नै आमसेवाग्राहीलाई निरन्तर राहदानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । पछिल्लो समय सेवाग्राहीको चाप बढेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्‍याउन तोकिएको समय पालना गर्न विभागले आग्रह गरेको हो ।

विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म रहेकाले हतार नगरी आफ्नो आवेदन प्रक्रिया अघि बढाउन सेवाग्राहीलाई अनुरोध गरेको छ ।

त्यस्तै, गएको साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार अब जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

अत्यावश्यक अवस्थाबाहेक सेवाग्राहीलाई आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेस गर्न विभागले आग्रह गरेको छ ।

सेवाग्राहीको चाप व्यवस्थापन गर्दै सहज र व्यवस्थित रूपमा राहदानी सेवा प्रवाह गर्न सबैले तोकिएको प्रक्रिया तथा समय पालना गर्नुपर्ने विभागले जनाएको छ ।

विभागले अनावश्यक भीडभाड नगर्न र आफ्नो आवेदन फाराममा उल्लेख भएको मिति तथा समयमा मात्रै सम्बन्धित कार्यालयमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.