भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार | एप्पलले सार्वजनिक गर्‍यो आईफोन १८ प्रो र प्रो म्याक्स, क्यामेरा र ब्याट्रीमा ठूलो सुधार | संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो |

फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता

फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता

काठमाडौं, २५ भदौ । फिलिपिन्समा यात्रुवाहक डुंगामा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन् । फिलिपिन्सको पालावान प्रान्तअन्तर्गत कोरोन क्षेत्रनजिक समुद्रमा रहेको एमभी जुन एस्टर नामक डुंगामा आगलागी भएको हो ।

फिलिपिन्स कोस्ट गार्डका अनुसार दुर्घटनापछि ४२ जनाको सकुशल उद्धार गरिएको छ । कोस्ट गार्डकी क्याप्टेन नोएमी कायब्याबले स्थानीय रेडियोलाई दिएको जानकारीअनुसार ८७ जना अझै बेपत्ता छन् ।

कोस्ट गार्डका एक प्रवक्ताका अनुसार डुंगामा कुल १३४ जना सवार थिए । त्यसमध्ये ११७ जना यात्रु र १७ जना चालक दलका सदस्य थिए ।दुर्घटनापछि उद्धार गरिएका व्यक्ति तथा फेला परेका मृतकको विवरणका आधारमा ८७ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । उनीहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ ।

गुजरातमा निर्माणाधीन भवनको संरचना खस्दा मजदुर पुरिए

यसैबीच, भारतको गुजरात राज्यको गान्धीनगरस्थित कुडासन क्षेत्रमा निर्माणाधीन भवनमा फलामको ठूलो स्ल्याब खस्दा केही मजदुर भग्नावशेषमा पुरिएका छन् । दुर्घटनापछि तत्काल राहत तथा उद्धार अभियान सञ्चालन गरिएको थियो । हालसम्म १५ जना मजदुरलाई सुरक्षित रूपमा बाहिर निकालिएको गुजरातका उपमुख्यमन्त्री हर्ष संघवीले बताएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना बुधबार राति करिब ९ बजे भएको हो ।

दुईवटा भवनबीच फलामको संरचना निर्माण गर्ने क्रममा अचानक ठूलो स्ल्याब भत्किएर खसेपछि त्यहाँ काम गरिरहेका मजदुर त्यसको चपेटामा परेका थिए । उद्धार टोलीले भग्नावशेषमा पुरिएका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.