काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । आज दिउँसो ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले बताइन् ।
बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उनको भनाइ छ । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार विशेष बैठक बोलाइएको छ ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
