मल नपाउँदा किसान समस्यामा

मल नपाउँदा किसान समस्यामा

सुदूरपश्चिम । दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसो बिक्रेतासँगको सम्पर्कमा रहे पनि अझै मल पाउन सकेका छैनन् ।

आफूलाई गहुँ खेती गर्न चाहिने सरकारी अनुदानको रासायनिक मलका लागि स्थानीय एक सहकारी संस्थालाई तीन हप्ताअघि नै पैसा छोडर गएका धनगढीका अर्का किसान वीरबहादुर चौधरीले सहकारीमा मल नआउँदा अझै पाउन सकेका छैनन् । यतिबेला धान बाली भित्र्याएर गहुँ खेतीको तयारीस्वरुप खेत खनजोतमा लागेका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.