भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

मलेसियन ओपनमा सापकोटालाई स्वर्ण

मलेसियन ओपनमा सापकोटालाई स्वर्ण

२८ असार २०७७ काठमाडौं । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालका मधुसुदन सापकोटाले स्वर्ण पदक जितेका छन् । तेक्वान्दोको ४० वर्षमाथि उमेर समूहअन्तर्गत पुम्से विधामा स्वर्ण जितेका हुन् । प्रतियोगितामा सहभागी प्रगति कुइँकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५ देखि १७ वर्ष उमेर समूहमा रजत जितेका छन् ।

१०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य पदक हात पारेका छन् । एनटीएबाट जम्मा ८ खेलाडीले सहभागिता जनाएको र तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले बताए ।

प्रतियोगितामा १२ राष्ट्रका ३७५ खेलाडी सहभागि रहेको भन्दै जुलाई ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेको बताए । प्रतियोगिता सोमबार सम्पन्न हुने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.