भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मलेसियामा १३ नेपाली अलपत्र,

मलेसियामा १३ नेपाली अलपत्र,

दोहा । रोजगारीका लागि मलेसिया पुगेका १३ नेपाली अलपत्र परेका छन् । ग्लोबल रिक्रुटमेन्ट प्रालि म्यानपावरका मेनेजर हरि घिमिरेमार्फत मलेसिया पुगेका सुनसरीका ९ र रुकुम पश्चिमका ४ जनासहित १३ जना अलपत्र परेका हुन् ।अहिले मलेसियाको निलाई ७ मा अलपत्र परेको पीडितहरूले बताएका छन् ।

१८ कात्तिकमा मलेसिया आएको अलपत्र एक रुकुम चौरजहारी नगरपालिका वार्ड नं ११ का टेकबहादुर केसीले बताए । ग्लोबल रिक्रुटमेन्ट प्रालिलाई प्रति व्यक्ती २ लाख ६० हजारदेखि २ लाख ८० हजारसम्म बुझाएका उनीहरूले ‘सम्झौता अनुसारको काम र तलब नपाएपछि विगत दुई महिनादेखि बन्द कोठामा कैदीबन्दी सरह बस्न बाध्य भएको’ बताएका छन् ।

एजेन्ट तथा मेनपावरले नेपालबाट पटाउँदा ‘गल्फ क्याट कम्पनी हो । विश्वको महँगो खेल खेलाउने कम्पनी हो । काम हल्का हुन्छ । कसैलाई बल टिप्ने काम हुन्छ । कसैलाई सरसफाइ गर्ने हुन्छ भनेको थियो, तर यहाँ आइपुगेपछि भनेअनुसारको काम पाइएन । हामीलाई मासिक तलब दुई हजार ६२ रिंगेट हुन्छ भनेर पठाएको थियो, अर्कै काम भनेर ल्याएको थियो अहिले यहाँ आएपछि जङ्गलमा घाँस कट्ने काममा लगाएको छ ।’ कामदारले भने ।

म्यानपावरले अर्कै काम खोजिदिने आश्वासन दिएको छ । ७ जनालाई एक ठाउँमा बाँकीलाई अर्को ठाउँमा लैजाने तयारी भइरहेको सुनाए । नेपाल फर्काइदिनुहोस् भन्दा ससुराली आएको हो र ? भनेर बारम्बार म्यानपावरले धम्क्याउने गरेको उनीहरुको गुनासो छ । नेपालमा म्यानपावर कम्पनीले झुक्काएर सम्झौता पत्रमा हस्ताक्षर गराएको पीडितहरूले बताएका छन् ।

नेपाली दूतावासलाई समस्या सुनाउँदा कुनै सुनवाइ नगरेको उनीहरूको भनाइ छ । सकुशल स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, लगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

अलपत्र परेका १३ नेपाली
विवेक कुमार मण्डल
सुधीरकुमार पाल
कुन्दनकुमार पाल
दीपेन्द्रकुमार पाल
सन्देश राई
दीपकचन्द्र बंशी
देवनारायण यादव
भरतप्रसाद यादव
सन्तोष यादव
इन्द्रबहादुर ओली
टीकाराम भण्डारी
टेकबहादुर केसी
सुनिल शाह

 


Thali Mobile Pvt.Ltd.