भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

महामारीको खराब चरण सुरु हुन थाल्यो : डब्ल्युएचओ

महामारीको खराब चरण सुरु हुन थाल्यो : डब्ल्युएचओ

१६ असार २०७७ काठमाडाैं । कोभिड–१९ महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी रहेकोले सचेत रहन विश्व समुदायलाइ डब्ल्यूएचओ अनुराेध गरेकाे छ । महासचिव डा.ट्रेडोस अधोनम घेब्रेससले गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोड भन्दा धेरै मानिसमा संक्रमण भइसकेको बताएका छन् ।

पाँच लाख चार हजार ३४५ संक्रमितको ज्यान गएकाे भन्दै महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको उनकाे जिकिर छ । महामारीले अर्थव्यवस्था र सामाजिक जनजीवनमा ठूलाे असर परेको भन्दै यति धेरै मानवीय र आर्थिकरसामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा. टेड्रोसकाे भनाइ छ ।

महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा रहेकाे भन्दै उनले केही देशले नियन्त्रणमा लिएजस्तो देखिएपनि विश्वभर यो समस्या कायमै रहेकाे बताए । विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको भन्दै उनले खराब समय आउन बाँकी नै रहेकाे जिकिर गरे ।

महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले विश्वसंग आग्रह गरेका छन् । नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म पाँच लाख ४८ हजार ३१८ जना संक्रमित फेला परेका छन् भने १६ हजार ४७५ जनाको ज्यान गइसकेको छ । नेपालमा हालसम्म १३ हजार २४८ जना संक्रमित भेटिएका छन् भने २९ जनाको मृत्यु भएको छ । नेपाल जाेखिमै रहेकाले सचेत रहन अाग्रह गरेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.