भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

ललितपुर महालक्ष्मीको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

ललितपुर महालक्ष्मीको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

ललितपुर । महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा लक्ष्मी महर्जन विजयी भएका हुन् ।

हरि गोविन्द श्रेष्ठले ९ हजार ३ सय ५० मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६ सय ५८ मत पाए । नेकपा एकीकृत समाजवादीका नकुल थापाले ३ हजार ८ सय ९१ र राप्रपाका प्रविण खत्रीले २ हजार ५ सय ९३ मत पाएका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन ९ हजार ५ सय ९१ मतसहित विजयी भइन् । नेकपा एमालेकी उम्मेदवार विणा सुवेदीले ८ हजार ६ ुउ ८३ र राप्रपाकी उम्मेदवार रामदेवी महर्जनले २ हजार ६ सय २४ मत पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.