भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

महिला एशिया कप क्रिकेटमा आज श्रीलङ्का र मलेसिया तथा थाइल्यान्ड र बङ्गलादेश खेल्दै

महिला एशिया कप क्रिकेटमा आज श्रीलङ्का र मलेसिया तथा थाइल्यान्ड र बङ्गलादेश खेल्दै

काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज समूहका दुई वटा खेल हुँदैछन् । दिउँसो पौने ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । श्रीलङ्का दुई अङ्कका साथ समूहको दोस्रो स्थानमा र पहिलो खेल हारेको मलेसिया अङ्कविहीन हुँदै पुछारमा छ ।

यस्तै आजै बेलुका सवा ७ बजे थाइल्यान्ड र बङ्गलादेश खेल्दैछन् । पहिलो खेल जितेको थाइल्यान्ड दुई अङ्कका साथ रन रेटका आधारमा पहिलो स्थानमा छ । पहिलो खेल हारेको बङ्गलादेश तेस्रो स्थानमा छ । प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको छ । हिजै भएको पहिले खेलमा भारतले यूएइलाई ७८ रनले हरायो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.