भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै

महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै

काठमाडौं । एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दैछ ।

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालको महिला फुटबल टोलीले समुहको पहिलो खेलमा शुक्रबार भियतनामको सामना गर्नेछ ।

नेपाल र भियतनामबिचको खेल चिनको वेङ्झु ओलम्पिक स्पोर्ट्स सेन्टरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

समुह ‘डि’ मा नेपाल र भियतनामसँगै जापान र बंगलादेश पनि रहेका छन् ।

जापान महिला विश्वकपको पूर्व च्याम्पियन हो भने भियतनामले पनि अष्ट्रेलिया र न्युजिल्याण्डमा हालै सम्पन्न महिला विश्वकप खेलेको थियो ।

बंगलादेश पनि साफ महिला च्याम्पियनसिप विजेता टोली हो ।

 


Thali Mobile Pvt.Ltd.