भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महिला विश्वकप फुटवलको उपाधि स्पेनले उचाल्यो

महिला विश्वकप फुटवलको उपाधि स्पेनले उचाल्यो

काठमाडौं । फिफा महिला विश्वकप २०२३ को उपाधि ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले जितेको छ । इंग्ल्यान्डलाई आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा १–० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर इतिहास रच्न सफल भएको हो ।

स्पेन महिला विश्वकपको उपाधि जित्ने पाँचौ टिम समेत बन्यो । यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एक–एक पटक फिफा महिला विश्वकपको उपाधि जितेका थिए । २९ मिनेटमा कार्मोनाले उत्कृष्ट फिनिसिङ गर्दा स्पेनले अग्रता लिएको थियो ।

कार्मोनाले यसअघि सेमिफाइनलमा पनि स्विडेनविरुद्ध निर्णायक गोल गर्दा स्पेन फाइनल पुगेको थियो । ६४ मिनेटमा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । इंग्ल्यान्डकी वाल्सको हातले बल छोएपछि स्पेनलाई पेनाल्टी दिइएको थियो । स्पेनका लागि पेनाल्टी हानेकी जेनिफर हर्मोसोको प्रहारलाई इंग्ल्यान्डकी गोलकिपर मेरी इर्प्सले विफल पारिदिएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.