भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारका गतिविधिले नागरिकलाई सन्तुष्ट पार्न सकेनन् : प्रचण्ड | संसदमा एमालेको आक्रोश : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप | कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त | प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित, आयुक्तमा वाग्ले र सुब्बा पनि स्वीकृति | सुनसरी घटनापछि सर्वदलीय अपील : ‘सामाजिक सद्भाव कायम राखौँ’ | मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने | पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक | मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने |

महोत्तरी १ बाट माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पराजित

महोत्तरी १ बाट माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पराजित

महोत्तरी । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल महोत्तरी १ बाट पराजित भएका छन् । पोखरेललाई एमालेका लक्ष्मी महतो कोइरीले पराजित गरेका हुन् ।

प्रारम्भिक मतगणनामा अग्रता लिँदै आएका पोखरेललाई पछिल्लो चरणमा एमाले उम्मेदवारले पछि पारे । कोइरीले २३ हजार ४ सय २ मत पाएका छन् भने पोखरेलले २२ हजार ३ सय ७३ मत पाए ।

२०६४ सालदेखि पोखरेल यसै निर्वाचन क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका थिए ।

२०६४ सालमा भएको संविधानसभा सदस्यको निर्वाचनबाट पहिलोपटक संसद छिरेका उनी २०७० र २०७४ मा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

संसदीय यात्राको १५ वर्षपछि पोखरेल पराजित भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.