काठमाडौं । माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझिएको छ । ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित भएकी हुन ।
ललितपुर २ प्रदेशभा (१) मा हरि दाहाल ३ (१) मा राजकाजी महर्जन पराजित भएका थिए । कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन हुँदा पनि उनीहरू पराजित भएका थिए ।
भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग भारी मतकासाथ पराजित भएकी हुन ।
