भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने र उक्त बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँग एकताको विषयमा भएको छलफल एजेण्डा भएको नेताहरुले बताए ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

अन्य दलहरुसँग वार्तामा ठोस प्रगति नभए पनि नेसपासँग छिट्टै एकता गरेर जाने समझदारी बनेको उनीहरुको तर्क छ ।

बैठकमा सरकारको कामकारबाही, पार्टीका विभाग र भ्रातृ संगठन पुनर्गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.