भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

माओवादीले स्थानीयस्तरमै घोषणा पत्र बनाउने

माओवादीले स्थानीयस्तरमै घोषणा पत्र बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीयस्तरमै चुनावी घोषणा पत्र बनाउने भएको छ। स्थानीय आवश्यकतालाई समेटेर चुनावी घोषणा पत्र बनाउन लागेको हो ।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि माओवादीले पालिकास्तरकै कमिटीबाट घोषणा पत्र बनाउन लागेको जनाएको छ ।

स्थानीय चुनावलाई लक्षित गर्दै गत चैत २२ मा अपिल सार्वजनिक गरेको माओवादी केन्द्रले स्थानीय स्तरबाटै घोषणा पत्र बनाउन कमिटीलाई अधिकार दिइएको केन्द्रीय कार्यालयले जनाएको छ ।

जारी गरेको अपिलमा टोल टोलमा सहकारी र घरघरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबीको निवारण कार्यक्रम लागू गरिनेजस्ता विषय समेटिएका छन् ।  हरेक पालिकामा बेरोजगारहरुको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रमहरु सुरु गरिने उल्लेख छ ।

वडादेखि पालिकासम्मका उम्मेदवार सिफारिस गर्न पाँचदलीय गठबन्धन मिलेर चुनावमा जाने निर्णय भएकोले कुन पालिका कसले लिने भन्ने अझै निश्चित भइनसकेको केन्द्र निकट सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य मोहनदेव विष्टले बताए ।

 


Thali Mobile Pvt.Ltd.