भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

माधव अब नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष, महन्थ ठाकुरको पनि पार्टी फेरियो

माधव अब नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष, महन्थ ठाकुरको पनि पार्टी फेरियो

काठमाडौं । एमालेबाट छुट्टिएको माधवकुमार नेपाल समूह अब नेकपा (एकीकृत समाजवादी) पार्टी हुने भएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् । पार्टीको नयाँ नामका लागि निवदेन दिएको निर्वाचन आयोगको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

पार्टी दर्ताको प्रक्रिया पूरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने उनले जानकारी दिए । यस्तै महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले बताए ।

 


Thali Mobile Pvt.Ltd.