भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मिटरब्याज सम्बन्धी जाँचबुझ कार्यालय जनकपुरधाममा

मिटरब्याज सम्बन्धी जाँचबुझ कार्यालय जनकपुरधाममा

जनकपुरधाम । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यालय उद्घाटन गरेका छन् । आयोगको केन्द्रीय कार्यालय आइतबार गृहमन्त्री श्रेष्ठले उद्घाटन गरेका हुन् । मुख्यतः मधेसमा गरिब विपन्न तथा सर्वसारधारणहरु मिटरब्जायी साहुको आतङ्कमा परेपछि पैदल हिडेर काठामाडौं गएर कठोर रूपमा आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो ।

गठन गरिएको आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ । धनुषा जिल्ला हुलाक कार्यालयको निर्मित भवनमा स्थापना गरिएको आयोगको कार्यालयको एक समारोहबीच उद्घाटन भएको हो । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूसँग उजुरी आह्वान समेत आव्हान गरिसकेको छ । पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछन् ।

आयोगको अध्यक्षमा पूर्व न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरूमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबहादुर अर्याल रहेका छन् । आयोगले उजुरी दिन १७ देखि ३१ वैशाखसम्म समय तोकेको छ । उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भराइदिने छ ।

 


Thali Mobile Pvt.Ltd.