भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल ९मिथिलाका बासिन्दा यसको तयारीमा जुटेका छन् । यस पर्वमा अमला ९धातृ० को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिएका छन् । आफ्नै आँगन वा खेतबारी बगैँचामा अमला धातृ का रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोजको तयारी गरेको देखिँदो छ । पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ ।

यस पर्वमा अमलाका विशेष परिकार ९अचार, मुरब्बा र चटनी०सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने खाने परम्परा रहेको छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउनुहुन्छ । पर्व विशेषमा खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न पार्क र वनभोजस्थल पुगेका छन् । खासमा यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको जिल्लाकै बलवा बजारका बासिन्दा शिवनारायण झा बताउनुहुन्छ । सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन र नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेका देखिन्छ ।

पर्व विशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वनक्षेत्रका अमलाका रुखका फेदमा एक÷दुई दिन पहिलेदेखि नै विभिन्न टोलीले भोजको ठाउँ छनोट गरेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाको भनाइ छ । मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश बध गर्नुपूर्व मधुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ । मैथिलीमा अमलालाई ‘धातृ’ भनिन्छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुुख प्राप्त हुने हिन्दू मैथिल जनश्रुति छ । इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमीसमेत भन्ने गरिएको डा विमल बताउनुहुन्छ । अमला स्वस्थबद्र्धक तथा यसताका रुखमा फलेका अमला पूर्णरूपले खानयोग्य बन्ने हुँदा यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले शुुरु गरेको मैथिल युवा बताउँछन् । अक्षय नवमी पर्वसँगै मिथिलामा नियमित भोजनमा अमलाका परिकार खान थालिने परम्परा छ । रासस

 


Thali Mobile Pvt.Ltd.